Rumpum Advertisement
Dazzu

कोरोना महामारीमा बढ्याे हाँसकाे मुल्य तर बढेन् ब्यापार

कोरोना महामारीमा बढ्याे हाँसकाे मुल्य तर बढेन्  ब्यापार

काठमाडौं, ८ कात्तिक । कोभिड महामारीका कारण दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । तराईका जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

विगतमा भन्दा मूल्य बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए । विरगञ्जबाट काठमाडौंको सुन्धारामा हाँस विक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार कम भएको बताए ।

गत वर्ष १ सय ५० भन्दा बढी हाँस विक्री गरेका साहले यसपटक २०÷२५ वटासम्म पनि विक्री गर्न नसकेको बताउँछन् ।

गत वर्ष एउटा हाँसको मूल्य ८ सय देखि एक हजार रुपैयाँसम्म रहेको थियो । तर यसवर्ष एउटा हाँसको मूल्य १ हजार ३ सय रुपैयाँ भन्दा माथि छ ।