Rumpum Advertisement
Dazzu

नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने : अर्थमन्त्री पौडेल

नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने : अर्थमन्त्री पौडेल

काठमाडौ, ८ कात्तिक । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थालाई सुधार गर्न नीतिगत प्रबन्धहरुलाई सच्याउनुपर्ने बताएका छन् ।

कतिपय कानूनी प्रबन्धहरुका कारण पूँजीगत खर्च कमजोर अवस्थामा रहेकाले त्यस्ता कानूनहरुलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको अर्थमन्त्री पौडेलले बताएका छन् ।

उनले कतिपय कानुनी नियमगत प्रबन्धहरु अथवा अरु चिजहरुका कारण पूँजीगत खर्चमा बाधा सिर्जना गरेकाले त्यस्ता चिजहरुमा सुधार गर्दै पूँजीगत खर्चलाई बढाउने योजनामा आफू रहेको बताए ।

यस्तै वर्तमान अवस्थामा कोभिडले सिर्जना गरेको चुनौतीलाई समाना गर्दै कुनै पनि आयोजनालाई निरन्तरता दिई खर्च बढाउने रणनीतिमा आफू रहेको अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘अहिले तुलनात्मक रुपले अपेक्षित मात्रामा पूँजीगत खर्च हुन नसकिरहेको जुन अवस्था छ यो अवस्थामा सुधार ल्याउनका लागि हामीले कोभिडले सिर्जना गरेका चुनौतीलाई समाना गर्ने अलग्गै योजना रहन्छ ।’

उनले भने , ‘त्यसबाहेक हाम्रा कतिपय प्रबन्धहरु कानूनी नियमगत प्रबन्धहरु छन् वा अरु चिजहरु जसले पूँजीगत खर्चमा बाधा सिर्जना गरिरहेको छ भनेदेखि ती चिजहरुमा पनि हामी समग्रतामा समीक्षा गर्छौं र आवश्यक निर्णय लिँदै अगाडि बढ्छौं र पूँजीगत खर्चको कमजोर अवस्थामा पनि हामी उल्लेख्य सुधार ल्याउँछौं ।’