Rumpum Advertisement
Dazzu

रिपब्लिक आयरल्यान्डमा पनि बढ्यो कोरना संक्रमण, सरकारले लगायो नयाँ प्रतिबन्ध

रिपब्लिक आयरल्यान्डमा पनि बढ्यो कोरना संक्रमण, सरकारले लगायो नयाँ प्रतिबन्ध

विराटनगर, ८ कात्तिक । आयरल्यान्डले कोरोना भाइरसको संक्रमण रोक्नका लागि कडा प्रतिबन्ध कार्यान्वयनका लागि उच्चस्तरमा लगेको छ । उक्त प्रतिबन्ध बुधबार रातको बाह्र बजेबाट लागू भएको छ । आयरिस क्याबिनेटले पाँचौ स्तरको प्रतिबन्ध लगाउन सहमत भएपश्चात बुधवार रातको १२ बजेबाट लागू गरिएको छ । तिनीहरुको देशको सर्तकता प्रणालीमा सबैभन्दा माथि छन् र चार हप्तापछिको समीक्षापश्चात छैठौं हप्तामा अन्त हुनेछ ।

यस नयाँ नियम उल्लंघन गरिएको भेटिएमा सोही स्थानमा ५०० युरोसम्म जरिवाना तिनुपर्नेछ । यो कानुन अत्यावश्यक कामबाहेक पाँच किलोमिटरको दुरीभन्दा बाहिर गएमा वा घरमा पार्टीहरुको आयोजना गरेमा जरिवाना भर्नुपर्ने हुन्छ । नयाँ कानुन पास नभएसम्म तोकिएको सीमाभन्दा बाहिर गई नियम उल्लंघन गरिएको पाइएमा २५०० युरो वा छ महिनासम्म जेलमा सजाय भुक्तान गर्नुपर्ने हुन्छ । सरकारी रिपोर्टअनुसार बुधबार कोभिड १९ को कारणले तीनजनाको मृत्यु भएको छ भने ११६७ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरुमध्ये ३१४ जना अस्पतालमा भर्ना भएका छन् र ३४ जनालाई इन्टेन्सिभ केयरमा राखिएको छ ।

नयाँ नियममा के कुराहरु छन् ?

मानिसहरु घरभित्रै रहनु पर्नेछ । अत्यावश्यक कामहरु घरबाट सम्पन्न गर्नुपर्नेछ ।

व्यायाम गर्न रुचाउनेहरु ५ किलोमिटर सीमाभित्र मात्र छिमेकीहरुसँग उक्त प्रयोजनको क्रममा भेट्न पाउनेछन् ।

एकल व्यक्ति वा अभिभावकले एकअर्कालाई आवश्यक सहयोग पु¥याउनका लागि भेटघाट गर्न पाउने छन् ।

अत्यावश्यकबाहेकका पसल र सैलुनहरु बन्द राख्नु पर्नेछ ।

टेकअवे सेवा प्रदायक, बार र रेन्टुरेन्टहरु खुला राख्न पाउनेछन् ।

विवाहजस्ता कार्यहरु सम्पन्न गर्दा यस वर्षको अन्त्यसम्म केवल २५ जनामात्र सहभागीहरु भेला हुन पाउनेछन् ।

मृत्यु संस्कारमा १० जनाभन्दा बढी भेला हुन पाउने छैनन् ।

उत्पादन क्षेत्र खुला रहने छन् । स्रोत: बीबीसी न्युज