Rumpum Advertisement
Dazzu

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, ८ कात्तिक । कोरोना संक्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ ।शनिबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार इलाम नगरपालिका– २ इलाम घर भएकी ५९ वर्षीय महिला र गढी गाउँपालिका– ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

इलामकी महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि ४ कात्तिकमा कलेजमा भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो ।

सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो । मृतक युवक ४ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

मादक पदार्थ सेवन अत्याधिक गर्ने पुरुषमा निमोनियाको समस्या पनि थियो । उपचारकमा क्रममा शनिबार बिहान मृत्यु भएको दाहालले जानकारी दिए ।