Rumpum Advertisement
Dazzu

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईलाई कोरोना संक्रमण

विराटनगर, ८ कात्तिक । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डाक्टर भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुबैजनालाई कोरोना संक्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन् । भट्टराई दम्पत्तिले शुक्रबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। शनिबार पोजेटिभ रिपोर्ट आएको हो ।