Rumpum Advertisement
Dazzu

राष्ट्रपति शक्तिपीठ नजाने, टीका लगाइदिने कार्यक्रम पनि स्थगित

राष्ट्रपति शक्तिपीठ नजाने, टीका लगाइदिने कार्यक्रम पनि स्थगित

विराटनगर, ८ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको वडादसैंमा शक्तिपीठमा जाने कार्यक्रम स्थगित भएको छ । कोरोना महामारीका कारण शक्तिपीठमा जाने कार्यक्रम स्थगित भएको हो ।

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दसैंको टीका लगाइदिने कार्यक्रम समेत स्थगित भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले कोरोना महामारीका कारण शक्तिपीठमा पूजापाठ गर्ने र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम नहुने जानकारी दिएको हो ।

अघिल्ला वर्षमा दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमामा राष्ट्रपति भण्डारी शक्तिपीठमा गएर दर्शनसँगै पूजापाठ गर्दै आएकी थिइन् ।

राष्ट्रपतिबाट सर्वसाधारणले टीकासमेत ग्रहण गर्ने कार्यक्रम नराखिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।