Rumpum Advertisement
Dazzu

युरोपमा संक्रमणको दोस्रो चरण : फ्रान्समा एकैदिन थपिए ४२ हजार संक्रमित

युरोपमा संक्रमणको दोस्रो चरण : फ्रान्समा एकैदिन थपिए ४२ हजार संक्रमित

विराटनगर, ८ कात्तिक । कोरोना भाइरसको महामारीको सुरुवाती अवस्थामा प्रभावित बनेको युरोपमा पून संक्रमण बढेकाे छ ।

सन् २०१९ डिसेम्बरमा चीनको बुहानमा देखिएको कोरोना भाइरसले चीन पछि युरोपका देशहरुलाई प्रभावित बनाएको थियो ।

विश्वब्यापी महामारीको सुरुवाती अवस्थामा अति प्रभावित बनेका युरोपमा देशहरुमा पून संक्रमण बढेको हो । महामारी पछि सामान्य अवस्थामा फर्कदै गरेका देशहरुले बढ्दो संक्रमण दरलाई कोरोना महामारीको दोस्रो चरण भनेका छन् ।

सुरुवाती अवस्थामा प्रभावित बनेको फ्रान्समा पछिल्लो २४ घण्टामा ४२ हजार संक्रमित भेटिएका छन् । फान्सामा संक्रमितको संख्या १० लाख ४१ हजार पुगेको छ ।

वल्डो मिटरको तथ्याङक अनुसार बेलायमा २० हजार इटालीमा १९ हजार, स्पेनमा १९ हजार बढीमा एकै दिन संक्रमण देखिएको छ ।

बेलायमा संक्रमितको संख्या ८ लाख ३० हजार, इटालीमा ४ लाख ८४ हजार, स्पेनमा ११ लख १० हजार र पछिल्लो २४ घण्टामा १३ हजारमा संक्रमण देखिएको जर्मनीमा४ लाख १७ हजार संक्रमित थपिएका छन् ।

संक्रमणको दोस्रो चरण देखिएपछि विभिन्न देशहरुले कडाई गर्न थालेका छन् । फ्रान्सले रातको समयमा हिडडुल गर्न प्रतिबन्ध लगाएको छ । इटालीले पनि नागरिकलाइ सचेत हुन आग्रह गरेकाे छ ।