Rumpum Advertisement
Dazzu

भारतमा ७८ लाख नाघे संक्रमित, अमेरिकामा ८७ लाख

भारतमा ७८ लाख नाघे संक्रमित, अमेरिकामा ८७ लाख

विराटनगर, ८ कात्तिक । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको हो ।

कोरोना प्रभावित देशहरुको सूचीको दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ७८लाख १३ हजार ६८८ पुगेको छ । संक्रमित मध्ये १ लाख १७ हजार ९९२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६५६ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना प्रभावित देशको सूचीको पहिलो नम्बरमा रहेको अमेरिकामा ८७ लाख ४६ हजार बढी कोरोना संक्रमित छन् । अमेरिकामा दुई लाख २९ हजार कोरोना संक्रमितको मृत्यु भएको छ ।

वल्डो मिटरको तथ्याँक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा चारलाख ८९ हजार ७५७ कोरोना संक्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या चार करोड २४ लाख ६३ हजार पुगेको छ ।

संक्रमित मध्ये ११ लाख ४८ हजारको मृत्यु भएको छ । संक्रमित मध्ये ३ करोड १४ लाख १७ हजार संक्रमण मुक्त भएका छन् । ९८ लाख ९६ हजार सक्रिय संक्रमित छन् ।