Rumpum Advertisement
Dazzu

मधुमेहका बिरामीले दसैंमा के खाने के नखाने ?

मधुमेहका बिरामीले दसैंमा के खाने के नखाने ?

विराटनगर, ७ कात्तिक । कोभिड संक्रमणको जोखिम बढ्दै गएसँगै दसैँको पनि सुरु भइसकेको छ ।

दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन् ।

दसैंमा अत्यधिक मात्रामा मासुजन्य परिकार खाने भएकाले खानपानमा विशेष ध्यान नदिदाँ स्वास्थ्यसम्बन्धी समस्या निम्ति सक्छ ।

अझ पहिलादेखि स्वास्थ्यमा समस्या भएकाले लापरवाही गरे अझ रोग बल्झिन सक्छ । मधुमेहको समस्या भएकामा कोरोना भाइरसको संक्रमणको जोखिम पनि धेरै हुन्छ ।

दसैँको समयमा खानपानमा लापरवाही गरे प्रतिरक्षा प्रणाली कमजोर भइ संक्रमणको समेत जोखिम बढ्न सक्छ ।

मुखको क्षणिक स्वादका कारणले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु नै बुद्धिमानी हुने हुँदा मधुमेहका बिरामीले आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ ।

मधुमेह भएकाले रगतमा चिनीको मात्रा छिटो बढाउने खाना खानु हुँदैन । मधुमेह रोगीले एकैपटक धेरै खानुभन्दा पनि थोरै थोरै मात्रामा स्वास्थ्य खाना खानु पर्छ ।

चाडबाडको समयमा मधुमेहको रोगीले चिनी, मैदा तथा चिनी र मैदा हालेर बनाइएका परिकारको सेवन गर्नु हुँदैन ।

त्यस्तै, प्लास्टिक र टिनमा राखिएका खानेकुरा तथा अचार, ड्राइफुड, जंकफुडको सेवन हुँदैन । चिसो पेय पदार्थ, मसिरा, धूमपान, सुर्तीजन्य पदार्थ आदि मधुमेहीका लागि हानिकारक हुन्छ ।

माछा, मासु, अन्डा, वनस्पती तेल थोरै परिमाणमा खादा खासै असर पर्दैन । तेल तथा घ्यूमा तारेका खाना वा बोसोजन्य खानाको सेवन गर्नु हुँदैन ।

हरिया सागसब्जी, तरकारी, सलाद आदिलाई दैनिक खानामा समावेश गर्नुपर्छ । पेय पदार्थमा चिनी तथा घ्यू नभएका चिया, कफी, तरकारीको सुप लिन सकिन्छ ।

सागसब्जी र फाइवरयुक्त खानाको सेवन गरी नियमित ब्यायाम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, पानी धेरै पिउने, तनाव कम गर्ने गरेमा मधुमेह रोगी तथा स्वास्थ्य मानिससमेत मधुमेह रोगबाट सजिलै बच्न सकिन्छ ।