Rumpum Advertisement
Dazzu

वागमती प्रदेशका मुख्यमन्त्रीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

वागमती प्रदेशका मुख्यमन्त्रीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं, ७ कात्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण भएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

सेनाको हेलिकप्टरमार्फत् उनलाई शुक्रबार काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।

शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।

केही समयअघिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेशनमा रहेका मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना पुष्टि भएको थियो ।

मुख्यमन्त्रीसँगै उनकी पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि कोरोना पुष्टि भएको थियो ।