Rumpum Advertisement
Dazzu

एस्टोन भिल्लालाई शीर्ष स्थानमा उक्लिने अवसर

एस्टोन भिल्लालाई शीर्ष स्थानमा उक्लिने अवसर

विराटनगर, ७ कात्तिक । इंग्लिस प्रिमियर लिगमा एस्टोन भिल्ला र लिड्सले खेल्दैछन् । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेल एस्टोनको मैदानमा हुनेछ ।

यस खेलमा एस्टोनलाई शीर्ष स्थानमा उक्लिने अवसर छ । यसैगरी ऊ आफ्नो विजयी यात्रा लम्ब्याउने दाउमा छ ।

हाल ऊ ४ खेलबाट १२ जोड्दै दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको इभर्टनसँग १३ अंक छ । यता, लिड्स भने ७ अंकसहित दसौं स्थानमा छ ।