Rumpum Advertisement
Dazzu

चितवनमा थप दुईजनाको कोरोनाबाट मृत्यु

चितवनमा थप दुईजनाको कोरोनाबाट मृत्यु

चितवन, ७ कात्तिक । चितवन मेडिकल कलेजमा उपचारका क्रममा थप दुई कोरोना भाइरस संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-७ का ७० वर्षीय पुरुष र राप्ती नगरपालिकाकी ८४ वर्षीय महिला रहेकी छन् ।

अस्पतालका अनुसार ७० वर्षीय ती वृद्ध श्वासप्रश्वासमा समस्या भएपछि २ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

उनको कात्तिक २ गते स्वाब परीक्षण गरिएकोमा सोही दिन कोरोना पुष्टि भएको थियो । उनको आज बिहान ८ बजेर ४४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका मिडिया संयोजक हरि बोहोराले बताए ।

यस्तै ८४ वर्षीया वृद्धालाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई ५ गते अस्पताल भर्ना भएकी उनको आज बिहान ४ बजेर १९ मिनेटमा मृत्यु भएको बोहोराले जानकारी दिए ।