Rumpum Advertisement
Dazzu

रामोसको ध्यान ‘एल क्लासिको’मा, ट्रेनिङमा फर्किए

रामोसको ध्यान ‘एल क्लासिको’मा, ट्रेनिङमा फर्किए

विराटनगर, ७ कात्तिक । स्पेनिस क्लब रियल मड्रिड लगातारको हारको समाधान खोजिरहेको छ । अघिल्लो साता घरेलु लिगमा कार्डिजसँग पराजित रियल च्याम्पियन्स लिगमा शख्तर डोनेस्कसँग पराजित भएको थियो ।

अब ऊ ला लिगामा चीर प्रतिद्वन्द्वी क्लब बार्सिलोनासँग खेल्दैछ । क्याप नोउमा हुने उक्त ‘एल क्लासिको’बाट जितको बाटोमा फर्किने आशमा रियल छ । शनिबार बेलुका ७ः४५ बजेबाट सुरु हुने उक्त खेलका लागि रियलले तयारी गरिरहेको छ ।

यस्तैमा कप्तान सर्जियो रामोस पनि ट्रेनिङ मैदान फर्किएका छन् । घुँडाको चोटका कारण डोनेस्कसँगको खेल गुमाएका रामोस बिहीबारबाट प्रशिक्षणमा फर्किएका हुन् । रामोसले हिजो भाल्डेबासमा एक्लै काम गरेका थिए ।

उनले बार्सिलोनाविरुद्धको खेल खेल्ने अपेक्षाका साथ कडा मेहनत गरिरहेका छन् । यदि, सो खेल खेलेमा यो रामोसको ४५औं एल क्लासिको हुनेछ । रियलका प्रशिक्षक जिदानले पनि रामोसको फिट नै भएका कारण उनी टोलीमा हुनसक्नेमा आफू विश्वस्त रहेको बताए ।