Rumpum Advertisement
Dazzu

अमेरिकी निर्वाचन : ओबामाले भने ‘कोरोना नियन्त्रण गर्न ट्रम्प असफल’

अमेरिकी निर्वाचन : ओबामाले भने ‘कोरोना नियन्त्रण गर्न ट्रम्प असफल’

विराटनगर, ६ कात्तिक । अकेरिकी निर्वाचनका लागि बिहीबार हुने अन्तिम बहस अगाडि बाराक ओबामाले राष्ट्रपति ट्रम्मको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति ओबामाले पेन्सिलिभानियाको फिलाडेल्फियामा भएको निराश प्रकट गर्दै ट्रम्पको आलोचना गरेका हुन् ।

४४औं राष्ट्रपति ओबामाले भाइरस नियन्त्रण गर्नमा सबैभन्दा असफल व्यक्ति ट्रम्प नै रहेको बताए । ट्रम्पकै कारण दुई लाख २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको र अमेरिकी अर्थतन्त्रलाई तहसनहस पारेको बताए ।

‘तपाईंले जे कुराको बारेमा सोच्नु भएको थिएन यदी त्यसमा अलिकता पनि ध्यान दिनुभएको भए धेरै प्रियजनहरूको ज्यान बचाउन सकिने थियो,’ ओबामाले भने, ‘संक्रमण नियन्त्रणमा ट्रम्प असफल भए ।’

ओबामा स्टेजमा आउँदा मुखमा मास्क लगाएर आएका थिए । उनले डेमोक्रेटिकका उम्मेदवार बाइडेलाई उल्लेख गर्दै भने ‘बाइडेले परीक्षणलाई बिर्गाने काम गर्ने छैनन् । उनले कुनै वैज्ञानिकलाई मूर्ख पनि भन्ने छैनन् । ह्वाइट हाउसमा ठूला कार्यक्रमहरू पनि आयोजना गर्नेछैनन् । तर जो बाइडेनले यस महामारीलाई नियन्त्रणमा लिनेछन् ।’

ट्रम्पको हस्तक्षेपकारी भूमिका र उनको फरक काम गर्ने प्रवृत्तिको विरुद्धमा पूर्वराष्ट्रपतिले आलोचना गरेक थिए ।

ट्रम्पको वित्तीय रेकर्डको बारेमा उनको खाता चीन भएको रेकर्ड न्यूयोर्क टाइम्सले दिएको बारेमा समेत चर्चा गरे । उक्त कुराप्रति बाइडेन नरम रूपमा प्रस्तुत भएको भनी उनको पनि आलोचना गरे ।

पूर्वराष्ट्रपति ओबामाले फिलाडेल्फियामा चार वर्षदेखि रहेको आक्रोशलाई बुधबारको दिन सबैसामु राखेका थिए । जसको कारणले पहिलेदेखि प्रमुखको हैसियतमा रहेका व्यक्तिको विरुद्धमा सबैलाई चिढ्याएको थियो ।

टेनेसीको नासभिलिमा भएको बहस, ह्वाइट हाउसको दौडको एउटा नराम्रो क्षणमा आउने अनुमान गरिएको छ किनकि ताजा सर्वेक्षणले अब १२ दिनपछिको नतिजाले अर्को चुनाव झट्का दिने कार्यलाई जोड दिएको भनी अनुमान गरिएको छ ।

सिएनएन र एसएसआरएसद्धारा गरिएको नयाँ सर्वेक्षणअनुसार, विस्कन्सिन र मिशिगनलाको नेतृत्वलाई जितमा परिणत गर्नसक्यो भने बाइडेनले पेन्सिलिभानियमा सहज रूपमा अग्रता कायम गर्नेछन् ।

चुनावी माहोलमा यस्ता आरोप-प्रत्यारोप सामान्य रूपमा भइरहनेछन् । यसको वास्तविक नतिजा अब १२ दिनपछिको व्यालेटवाट आउने परिणामले देखाउनेछ ।

सिएनएन न्यूजबाट