Rumpum Advertisement
Dazzu

सरकारद्वारा झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

सरकारद्वारा झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडाैं, ६ कात्तिक । सरकारले विश्व बैंकसमूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायतको रूपमा २ सय मिलिनयन अमेरिकी डलर अर्थात् झण्डै २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गरेको छ ।

विभिन्न विकास कार्यक्रममा खर्च गर्नेगरी उक्त सहयोग स्वीकार गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले बताए ।

बिहीबार मन्त्रालयमा २०७७ कात्तिक ४ गते बसेको मन्त्रिपरिषदका बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त सहयोग स्वीकृत गरिएको बताए ।


नेपालमा सञ्चालित उत्पादनमुलक उद्योगहरूमा नेपाली जनशक्ति र श्रमिकहरूबाट सम्भव नभएका काममा विदेशी श्रमिक लयाउने सम्बन्धमा निश्चित मापदण्ड पूरा गरेर विदेशी श्रमिक ल्याउन अनुमति दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावलाई समेत स्वीकृत गरेको छ ।