Rumpum Advertisement
Dazzu

देउवाले भने : कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय अलोकतान्त्रिक र असंवैधानिक

देउवाले भने : कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय अलोकतान्त्रिक र असंवैधानिक

काठमाडौं, ६ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमितको उपचार नगर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक निर्णय भएको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै देउवाले कोरोना संक्रमितको उपचार नगर्ने सरकारको अलोकतान्त्रिक र असंवैधानिक निर्णय भएको र यो निर्याय तत्काल खारेज गर्न माग गरे ।

यसैगरी देउवाले कोरोना संक्रमितको उपचार निशर्त, भेदभावरहित र निःशुल्क हुुनुपर्ने बताएका छन् ।

‘म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।