Rumpum Advertisement
Dazzu

सरकारले ५ दिन ‘कोरोना प्रेस ब्रिफिङ’ नगर्ने

सरकारले ५ दिन ‘कोरोना प्रेस ब्रिफिङ’ नगर्ने

काठमाडौं, ६ कात्तिक । स्वास्थ्य मन्त्रालयबाट नियमित प्रसारण हुने कोरोना प्रेस ब्रिफिङ पाँच दिनका लागि रोकिने भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैं बिदालगत्तै अर्को बुधबारदेखि थप परिस्कृत रूपमा मिडिया ब्रिफिङ लिएर प्रस्तुत हुने जानकारी दिए ।

कोरोनासम्बन्धी तथ्यांक तथा जानकारी मिडिया ब्रिफिङ आउने समय सवा ४ बजे नै मन्त्रालयले विभिन्न माध्यमबाट यसबारे जानकारी दिने उनले बताए ।

मन्त्रालयको स्वास्थ्य मोबाइल एप्लिकेसन, स्वास्थ्य मन्त्रालयको भाइबर ग्रुप र वेबसाइटबाट कोरोनासम्बन्धी जानकारी लिन सकिनेछ ।