Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १५ सय ५२ संक्रमित

काठमाडौं, ६ कात्तिक । काठमाडौं उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५ सय ५२ जना संक्रमित भेटिएको जानकारी दिए ।

उनका अनुसार आज थपिएका संक्रमितहरू काठमाडौंका १२ सय ८३ जना, भक्तपुरका ११२ जना र ललितपुरका १५७ जना रहेका छन् ।

बिहीबार नेपालमा थप ३६ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा थप ३२ सय १५ जनाले कोरोना जितेसँगै संक्रमणमुक्त हुनेको संख्या एक लाख २ हजार ८२० पुगेको छ । कूल संक्रमितमध्ये ६९.२ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

आज थप २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।