Rumpum Advertisement
Dazzu

‘रियलले नेयमार र एम्बाप्पे दुवै भित्र्याउनुपर्छ’

‘रियलले नेयमार र एम्बाप्पे दुवै भित्र्याउनुपर्छ’

विराटनगर, ६ कात्तिक । रियल मड्रिडका पूर्वमिडफिल्डर गुटीले रियललाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टारद्वय नेयमार र किलियन एम्बाप्पे भित्र्याउन सुझाव दिएका छन् । पछिल्लो समय जितका लागि संघर्षरत रियलले ब्राजिलियन स्टार नेयमार र विश्वकप विजेता एम्बाप्पे भित्र्याउनुपर्ने गुटीको सुझाव छ ।

लिग वान स्टारद्वय नेयमार र एम्बाप्पेको नाम फरक–फरक समयमा रियल मड्रिडसँग जोडिएको थियो । आगामी सिजन पेरिस क्लबसँगको सम्झौता सकिन लागेका एम्बाप्पे पछिल्लो समय ला लिगा च्याम्पियनसँग जोडिएका छन् ।

नेयमार भने अघिल्लो पटक मड्रिडसँग जोडिएका थिए ।

‘मलाई लाग्छ रियल मड्रिडका लागि वा बार्सिलोनाका लागि नेयमार र एम्बाप्पेको खाँचो छ । यदि, त्यसो नभएमा ग्रिजम्यान बार्सिलोनामै बस्नुपर्छ । उनीहरू ला लिगाका लागि सुहाउँदिला खेलाडी हुन्,’ उनले भने, ‘विशेषगरी रियलले नेयमार र एम्बाप्पे दुवैलाई भित्र्याउनुपर्छ ।’