Rumpum Advertisement
Dazzu

फिफा वरीयतामा नेपाल यथावत स्थानमा

फिफा वरीयतामा नेपाल यथावत स्थानमा

विराटनगर, ६ कात्तिक । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७०औं स्थानमा यथावत रहन सफल भएको हो ।

अघिल्लो महिना पनि नेपाल १७०औं स्थानम थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् ।

भारत एक स्थान घट्दै १०८औं स्थानमा रहँदा माल्दिभ्स १५५औं स्थानमा छ । नेपालभन्दा तल भुटान १८९औं स्थानमा रहँदा बंगलादेश १८७औं स्थानमा छ । यस्तै श्रीलंका २०६औं सथानमा रहँदा पाकिस्तान २००औं स्थानमा छ ।

नयाँ वरीयताअनुसार बेल्जियम शीर्ष स्थानमा रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा छ । यसैगरी स्पेन छैटौं स्थानमा रहँदा सातौं स्थानमा उरुग्वे, आठौंमा अर्जेन्टिना, नवौंमा क्रोएसिया तथा दसौं स्थानमा कोलम्बिया छ ।