Rumpum Advertisement
Dazzu

सुटुक्क नेपाल आएका रअ प्रमुखसँग प्रधानमन्त्री ओलीकाे भेटवार्ता

सुटुक्क नेपाल आएका रअ प्रमुखसँग प्रधानमन्त्री ओलीकाे भेटवार्ता

विराटनगर, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन् । बुधबार दिउँसो काठमाडौं आएका गोयलसँग ओलीले बालुवाटारमा भेटघाट गरेका हुन् ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको बताएका छन् ।

भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।