Rumpum Advertisement
Dazzu

सुदूरपश्चिममा थपिए एक सय ३२ संक्रमित

सुदूरपश्चिममा थपिए एक सय ३२ संक्रमित

धनगढी, ६ कात्तिक । सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय एक पुगेको छ । यहाँका विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप एक सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितका बढेको हो ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा ६ सय ७६ पुगेको छ । त्यस्तै, दार्चुलामा एक सय ८२, डोटीमा एक सय ५७, बझाङ १५६, कञ्चनपुरमा एक सय २४, अछाम ८३, डडेल्धुरा ६२, बैतडी ४९, बाजुरा ६ र अन्य प्रदेशका ६ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा गरिएको परीक्षणममा कैलालीमा ४४, कञ्चनपुरमा दुई, बैतडीमा एक, अछाममा तीन, बझाङमा १७, डडेल्धुरामा एक, दार्चुलामा ५२, डोटीमा ११ र अन्य जिल्लामा एकजनाका रहेका छन् ।

त्यस्तै, सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।