Rumpum Advertisement
Dazzu

तीन कोरोना संक्रमितको मृत्यु

तीन कोरोना संक्रमितको मृत्यु

विराटनगर, ६ कात्तिक । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित थप तीनजनाको मृत्यु भएको छ । रुपन्देहीमा २ र चितवनमा १ जनाको मृत्यु भएको हो ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष र अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

कोरोना विशेष अस्थायी अस्पताल, बुटवलले थप २ जनाको गएराति मृत्यु भएको पुष्टि गरेको छ ।

त्यसैगरी चितवनको भरतपुर अस्पतालमा पनि अर्का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्युु भएको अस्पतालले जनाएको छ ।