Rumpum Advertisement
Dazzu

प्रचण्डले भेटेनन् ‘रअ’ प्रमुखलाई

प्रचण्डले भेटेनन् ‘रअ’ प्रमुखलाई

विराटनगर, ६ कात्तिक । नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुखलाई नेभेटेको उनको निजी सचिवालले बताएको छ ।

सुटुक्क नेपाल आएका रअ प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट भएको समाचार बाहिर आएपछि उनको सचिवालयले नभेटेको स्पष्ट पारेकाे हाे ।

प्रचण्डको निजी सचिवालयका प्रेस संयोजक विष्णु सापकोटा जुगलले प्रेस नोट नै जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन् । उनले प्रचण्डले भेट नगरेको बताए ।

प्रचण्डले भेटघाट गरेको भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार प्रकाशित भएपछि प्रेस नोट जारी गर्दै सापकोटाले भनेका छन्, ‘सम्वेदनशील विषयमा कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’