Rumpum Advertisement
Dazzu

बीपीमा कोरोना संक्रमित वृद्धको मृत्यु

बीपीमा कोरोना संक्रमित वृद्धको मृत्यु

विराटनगर, ६ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ ।

सुनसरीको इनरुवा –१ का ८३ वर्षीय वृद्धको बिहीबार बिहान २ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी पुरानै समस्या थियो ।

कात्तिक ३ गते कोरोना पुष्टि भएका वृद्धलाई त्यही दिन उपचारका लागि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । शव व्यवस्थापन नियम अनुसार हुने जानकारी डा. श्रेष्ठले दिए ।