Rumpum Advertisement
Dazzu

संक्रमितको शव व्यवस्थापनमा ‘रोबो भ्यान’

संक्रमितको शव व्यवस्थापनमा ‘रोबो भ्यान’

विराटनगर, ६ कात्तिक । काठमाडौंं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले शव व्यवस्थापनका लागि मानिसले छुनु नपर्ने गरी सहयोग गर्ने ‘रोबो भ्यान’ निर्माण गरिरहेका छन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको शव छुनका लागि डर मान्नुपर्ने अवस्था आएपछि विद्यार्थीहरूले यस्तो भ्यान निर्माण गर्न लागेका हुन् । रिमोटबाट चल्ने यो भ्यान तिहारसम्ममा तयार हुने विद्यार्थीको अपेक्षा छ । धुलिखेल अस्पतालमा नेपालको पहिलो कोरोना सङ्क्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भक्तपुरबाट टोली ल्याएर शव उठाइएको थियो ।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले रोबो भ्यानमार्फत अस्पतालमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव व्यवस्थापन गर्न सकिने अवधारणा अगाडि सारेका थिए । आफ्ना विद्यार्थीले अघि सारेको रोबो भ्यान बनाउने योजनालाई विश्वविद्यालयले नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट) मा प्रस्ताव पेस गरेको थियो ।

नेपालमा नै पहिलो पटक निर्माण सुरु गरिएको रोबो भ्यान निर्माणका लागि करिब १० लाख रुपैयाँ लाग्ने बताइएको छ । रोबो भ्यान निर्माणका लागि नास्टले काठमाडौँ विश्वविद्यालयलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको विश्वविद्यालयका एसोसियट डीन डा. बीमप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि कन्भियर बेल्टको प्रयोग गरेर रोबो भ्यान निर्माण गरिँदैछ । रोबो भ्यान निर्माणपछि शव व्यवस्थापन गर्न खटिनेलाई कोरोना सङ्क्रमणको जोखिमबाट टाढा राख्न सहयोग गर्ने उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा समाचार छ