Rumpum Advertisement
Dazzu

आईपीएल : बैंग्लोरसामु कोलकताको ८५ रनको लक्ष्य

आईपीएल : बैंग्लोरसामु कोलकताको ८५ रनको लक्ष्य

विराटनगर, ५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई जितका लागि ८५ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार शेख जायद रंगशालामा टस जितेर ब्याटिङ रोजेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रन बनाएको हो । कोलकताका कप्तान इयोन मोर्गानले सर्वाधिक ३० रन बनाए ।

यस्तै लक्की फर्गुसनले अजिवित १९ रन बनाउँदा कुलदीप यादव १२ रनमा आउट भए । टोम बान्टनले १० रन बनाउँदा अरु खेलाडीहरूले दोहोरो अंक जोड्न सकेनन् ।

कोलकतालाई सस्तैमा समेट्न मोहम्मद सिराजले ३ विकेट लिँदा युज्भेन्द्र चाहालले २ तथा नभदीप सैनी र वासिङ्टन सुन्दरले समान १–१ विकेट लिए ।