Rumpum Advertisement
Dazzu

सुन्दरहरैंचा नगरपालिकाद्वारा फुटबलर विकास सम्मानित

सुन्दरहरैंचा नगरपालिकाद्वारा फुटबलर विकास सम्मानित

सुन्दरहरैंचा, ५ कात्तिक । सुन्दरहरैंचा नगरपालिकाले फुटबलर विकास खवासलाई नगदसहित सम्मान गरेको छ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक विजेता टोलीका सदस्य विकासलाई नगरपालिकाले विकासलाई १ लाख ५१ हजार नगदसहित सम्मान गरेको हो ।

सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख शिव ढकालले विकासलाई नगदसहित सम्मान गरेका हुन् ।

त्रिभुवन आर्मी क्लबका खेलाडीसमेत रहेका उनी गत सिजनको ‘ए’ डिभिजन लिगमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।