Rumpum Advertisement
Dazzu

अन्तिम समयमा हाकिमी च्याम्पियन्स लिग खेल्ने इन्टरको टोलीबाट बाहिरिए

अन्तिम समयमा हाकिमी च्याम्पियन्स लिग खेल्ने इन्टरको टोलीबाट बाहिरिए

विराटनगर, ५ कात्तिक । इन्टर मिलानका अच्राफ हाकिमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षणका क्रममा हाकिमीको रिपोर्ट पोजिटिभ आएको इन्टरले जानकारी दिएको छ ।

कोरोना संक्रमण भएपछि उनी च्याम्पियन्स लिग खेल्ने इन्टरको टोलीबाट बाहिरिएका छन् । अन्तिम समयमा उनी इन्टरको टोलीबाट बाहिरिएका हुन् ।

इन्टरले आज राति बोरुसिया मोन्चेनग्लाडबाचसँग खेल्दैछ । समूह चरणको उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे इन्टरको मैदानमा हुनेछ ।