Rumpum Advertisement
Dazzu

गायक आशिषको दसैं कोशेली ‘पानी बादलु’ (भिडियोसहित)

गायक आशिषको दसैं कोशेली ‘पानी बादलु’ (भिडियोसहित)

विराटनगर, ५ कात्तिक । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी–पछ्यौरी’लगायतका चर्चित गीतका गायक आशिष सचिन (गौतम)को नयाँ गीत सार्वजनिक भएको छ । सचिनको स्वर तथा अभिनय रहेको ‘पानी बादलु’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गीतको गायनमा आशिषलाई रेश्मा पुनले साथ दिएकी छन् । डान्सिङ शैलीमा तयार भएको गीतमा संगीतकार दीपक शर्माको शब्द तथा संगीत तथा उदयराज पौडेलेको एरेन्ज रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा गायक आशिषसँगै मोडल एलिशा शर्मा, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ । साथै पवन खतिवडा ‘म्याकुरी’ र खड्गबहादुर पुन ‘खबपु’को पनि अभिनय पनि भिडियोमा देख्न सकिन्छ ।

गम्भीर विष्टद्वारा निर्देशित सो भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।