Rumpum Advertisement
Dazzu

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगरमा स्वाब संकलन रोकियो

विराटनगर, ४ कात्तिक । कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन कार्य ६ दिन बन्द गर्ने निर्णय गरेकाे छ । महानगरले बिहीबारबाट १२ कात्तिकसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेकाे हाे ।

दशैंको विदामा कोशी अस्पताल विराटनगरले कोरोना जाँच नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बुधबार सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिकाले जैन भवन र मोबाइल भ्यानबाट हुने स्वाब कलेक्सन १२ कात्तिकसम्मका लागि रोकिने जानाएको छ ।