Rumpum Advertisement
Dazzu

कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ : मन्त्री भूषाल

कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक छ : मन्त्री भूषाल

जनकपुरधाम, ५ कात्तिक । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भूषालले कृषि क्षेत्रको विकासका लागि तीनै तहका सरकारका बीचमा समन्वय तथा सहकार्य आवश्यक भएको बताएका छन् ।

मन्त्री भूषालले धनुषाको कमला नगरपालिकाले बुधबार आयोजना गरेको किसान भेलामा बोल्दै जनताको हजारौं विघा जग्गाको उपयोग गर्नका तीन वटै तहका सरकारले काँधमा काँध मिलाएर अगाडि बढ्न जरुरी रहेको बताए ।

मुलुकमा कृषि उत्पादन बढ्न नसकेका कारणले बर्सेनि रूपमा खाद्यान्न बाली अन्य मुलुकवाट आयात गरेर अरबौँ रकम विदेशीरहेको चर्चा गर्दै वर्तमान सरकार कृषि उत्पादन बढाउनका लागि सवै प्रकारको सहयोग किसानलाई गर्नका लागि तयार भएको बताए ।