Rumpum Advertisement
Dazzu

बारामा प्रहरीले गोली हानेर एक भारतीय नागरिकलाई नियन्त्रणमा लियो

बारामा प्रहरीले गोली हानेर एक भारतीय नागरिकलाई नियन्त्रणमा लियो

बारा, ५ कात्तिक । बारामा प्रहरीले गोली हानेर एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । सिम्रौनगढमा प्रहरीमाथि गोल चलाउने एकजना भारतीय नागरिकलाई बुधबार बारा प्रहरीले पक्राउ गरेको हो ।

भारतसँग सीमा जोडिएको सिम्रौनगढ नगरपालिका, बंकुल नाकामा भारतबाट नेपाल आएका एकजना व्यक्तिलाई प्रहरीले सोधपुछ गर्दा पेस्तोलबाट गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।

प्रहरीले उनको साथबाट पेस्तोल एक थान, म्याग्जिनमा लोड राउण्ड ४ थान र चेम्बेरमा लोड रहेको फायर मिस भएको राउण्ड १ थान गरी गरी पाँच थान गोली बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।