Rumpum Advertisement
Dazzu

पेनाल्टी गोलमा मेस्सीको कीर्तिमान

पेनाल्टी गोलमा मेस्सीको कीर्तिमान

विराटनगर, ५ कात्तिक । बार्सिलोनाका कप्तान लियोनल मेस्सी पछिल्लो १६ सिजनयता च्याम्पियन्स लिगमा लगातार गोल गर्ने खेलाडी बनेका छन् । मंगलबार राति भएको समूह चरणको खेलमा हंगेरीको क्लब फेरेन्सभारोविरुद्ध पेनाल्टीमा एक गोल गरेका मेस्सीले लगातार १६ सिजन कमसेकम एक गोल गर्ने रेकर्ड बनाए ।

स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा शानदार सुरुआत गरेको थियो । गए राति फेरेन्सभारोमाथि ५–१ गोल अन्तरको जित निकाल्दै बार्सिलोनाले शानदार जित सुरुआत गरेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा घरेलु टोलीलाई जिताउन मेस्सी, अन्सु फाती, फिलिप्पे कौटिन्हो, पेड्री र ओस्मान डेम्बेलेले समान १–१ गोल गरे । फेरेन्सभारोसका इहोर खराटिनले एक गोल फर्काए ।

खेलको २७औं मिनेटमा मेस्सीले पेनाल्टी गोल गरेका थिए । सो गोलसँगै उनी १६ सिजनयता च्याम्पियन्स लिगमा लगातार गोल गर्ने खेलाडी बने ।

सन् २००५–६ को नोभेम्बरमा पनाठिनाइकोसमाथि गोल गरेका उनले त्यसयता लगातार १६ सिजन गोल गरेका छन् ।

यसैगरी मेस्सीले च्याम्पियन्स लिगको समूह चरणको खेलमा सर्वाधिक धेरै ६९ गोल गरेका छन् । समूह चरणको ७३ खेलबाट मेस्सीले ६९ गोल गरेका हुन् । यस्तै उनले च्याम्पियन्स १४४ खेलबाट ११६ गोल गरेका छन् ।

यसैगरी उनले च्याम्पिन्स लिगमा ३६ फरक क्लबविरुद्ध गोल गर्दै अर्को कीर्तिमान बनाएका छन् ।