Rumpum Advertisement
Dazzu

रियललाई युक्रेनको क्लबको चुनौती

रियललाई युक्रेनको क्लबको चुनौती

विराटनगर, ५ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब रियल मड्रिडले युक्रेनको क्लब शख्तर डोनेस्कसँग खेल्दैछ । समूह चरणको सो खेल नेपाली समयानुसार राति १०ः४० बजे रियलको मैदानमा हुनेछ ।

स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा समूह ‘बी’मा रहेका रियल र डोनेस्क दुवै क्लब सुखद जित निकाल्ने दाउमा छन् । २०१९ को ला लिगाको उपाधि जितेको रियल डोनेस्कलाई आफ्नै मैदानमा हराउँदै नयाँ सिजनको च्याम्पियन्स लिगमा सुखद सुरुआत गर्ने योजनामा छ ।

तथापि, डोनेस्कमाथि जित निकाल्न रियललाई त्यति सहज भने हुनेछैन । किनकि, आज रियल कप्तान सर्जियो रामोसविना मैदान उत्रिँदैछ । चोटका कारण उनले डोनेस्कसँगको खेल गुमाउने भएका छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले सो खेलका लागि घोषणा गरेकाे टोली रामोस समावेश छैनन् ।

जिदानले मार्सेलो, फर्लान मेन्डी, नाचो, भराने, टोनी क्रुस, लुका मोड्रिक, क्यासेमिरो, इस्को, करिम बेन्जेमा, लुका जोभिक, भिनिसियस जुनियर, रोड्रिगो, लुकास भास्क्वेजलगायतलाई टोलीमा राखेका छन् ।

यसै समूहका इन्टर मिलान र बोरुसिया मोन्चेन्ग्लाडबाचसँग खेल्दैछ । यो खेल राति १२ः४५ बजे इन्टरको मैदानमा हुनेछ ।