Rumpum Advertisement

रामोस च्याम्पियन्स लिग खेल्ने रियलको टोलीबाट बाहिरिए

रामोस च्याम्पियन्स लिग खेल्ने रियलको टोलीबाट बाहिरिए

विराटनगर, ४ कात्तिक । स्पेनिस डिफेन्डर सर्जियो रामोस च्याम्पियन्स लिग खेल्ने रियल मड्रिडको टोलीबाट बाहिरिएका छन् ।

चोटका कारण कप्तान रामोस च्याम्पियन्स लिगअन्तर्गत शख्तर डोनेस्कसँगको खेल खेल्ने रियलको टोलीबाट बारिहएका हुन् ।

रियलले बुधबार राति १०ः४० बजे समूह चरणअन्तर्गतको खेलमा युक्रेनको क्लब शख्तरसँग खेल्दैछ । रियलको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा हुने सो खेल रामोसले नखेल्ने भएका हुन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले सो खेलका लागि टोली घोषणा गरेका छन् । जसमा रामोसलाई राखिएको छैन ।

जिदानले मार्सेलो, फर्लान मेन्डी, नाचो, भराने, टोनी क्रुस, लुका मोड्रिक, क्यासेमिरो, इस्को, करिम बेन्जेमा, लुका जोभिक, भिनिसियस जुनियर, रोड्रिगो, लुकास भास्क्वेजलगायतलाई टोलीमा राखेका छन् ।