Rumpum Advertisement
Dazzu

कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देही, ४ कात्तिक । रुपन्देहीमा थप एक कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । ती महिला मधुमेहकी दीर्घरोगी थिइन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।