Rumpum Advertisement
Dazzu

वृद्धवृद्धालाई खोप दिन सहज नहुने

वृद्धवृद्धालाई खोप दिन सहज नहुने

विराटनगर, ४ कात्तिक । कोरोना भाइरसविरुद्धको खोप विकास गर्नका लागि विश्चका धेरै देश लागिपरेका छन् ।

छिटोभन्दा छिटो प्रभावकारी खोपको विकास गरिए पनि ठूलो जनसंख्यामा खोपको वितरण गर्न समस्या उत्पन्न हुन्छ । त्यसैले संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका नर्स, डाक्टर तथा स्वास्थ्यकर्मीसहित सबैभन्दा जोखिमयुक्त वर्गमा सबैभन्दा पहिले खोप दिने बताइएको छ । वृद्ध मानिसहरू पनि कोभिड संक्रमणको बढी जोखिममा रहेको समूह हो ।

तर, ज्येष्ठ उमेर समूह प्रतिरोधी क्षमता विकास गर्न सजिलो नभएका कारण उनीहरूलाई खोप दिन सहज नहुने देखिन्छ । क्यानडाको युनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफका अनुसार धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएको हुँदा बुढाबुढीका लागि सोचेर बनाइएका खोपहरू निकै कम छन् ।

वृद्ध मानिसहरुलाई खोप दिन किन कठिन छ भन्ने बुझ्नका लागि ज्येष्ठ नागरिकमा पहिला शरीरको रोग प्रतिरक्षा प्रणालीको विषयमा जानकारी राख्नु जरुरी हुन्छ । वृद्ध मानिसको प्रतिरक्षा प्रणालीमा पनि मानिसको अन्य अंगजस्तै उमेरको असर पर्छ । यस्तो अवस्थामा उमेरका साथै धेरै कोषहरूले गर्नुपर्ने काम सही तरिकाले गर्न सक्दैनन् ।

निकै जटिल हुने प्रतिरक्षा प्रणालीमा धेरै कोषहरु एकअर्कासँग मिलेर काम गर्छन् । कुनै पनि कोषले काम नगरेका त्यसको असर समग्र प्रतिरक्षा प्रणालीमा पर्छ । उमेर बढेसँगै वृद्ध मानिसमा धेरैजसो सरुवा रोगको असर पनि बढ्ने देखिन्छ । बुढ्यौलीमा जीवनभरि विभिन्न संक्रामक रोग झेलेको वा क्यान्सर गराउन सक्ने तत्वको बढ्दो मात्राले भविष्यमा नयाँ संक्रमणबाट हुने रोगको जोखिमलाई थप्ने गर्छ ।

प्रतिरक्षा प्रणाली एकअर्कासँग अन्तरसम्बन्धित कोशिकाहरूको एउटा निकै जटिल सञ्जाल हो । यदि त्यसले कहीँकतै काम गरेको छैन भने त्यसले गम्भीर अवस्थामा स्थिर रहने प्रतिरक्षा प्रणालीलाई असर पुर्‍याउँछ । उमेरसँगै प्रतिरक्षा प्रणाली कमजोर हुँदै जाने भए पनि सबै मानिसमा समान असर भने भएको हुँदैन ।

वंशाणुगत गुण, आफ्नो शरीरको स्याहार गर्ने तरिकालगायतका विभिन्न कारणले प्रतिरक्षा प्रणाली पनि त्यसैअनुसारको हुने गर्छ । युनिभर्सिटी अफ इन्स्सब्रकका बिर्गिट विन्वर्गरले बुढ्यौलीको प्रतिरक्षा प्रणाली र खोपविज्ञानबारे अध्ययन गरिरहेका छन् ।