Rumpum Advertisement
Dazzu

विश्वको घुम्नैपर्ने १० उत्कृष्ट ठाउँमा नेपालको ‘अन्नपूर्ण सर्किट’

विश्वको घुम्नैपर्ने १० उत्कृष्ट ठाउँमा नेपालको ‘अन्नपूर्ण सर्किट’

विराटनगर, ३ कात्तिक । कोरोना महामारीका कारण धेरैले आफ्नो यात्राको योजना रद्द गर्नुपरेको छ ।

तर, अहिलेका लागि नभएर भविष्यका लागि भनेर लोन्ली प्लानेटले यो वर्ष पनि नयाँ ‘अल्टिमेट ट्राभल लिस्ट’ सार्वजनिक गरिएको छ । जस्मा घुम्नैपर्ने १० उत्कृष्ट गन्तव्यहरुको सूची समावेश गरिएको छ । लोन्ली प्लानेटका विज्ञको टोलीले जीवनमा एकपटक देख्नैपर्ने तथा अनुभव गर्नैपर्ने ठाउँलाई मात्र छनोट गरेका हुन् ।

लोन्ली प्लानेटका उपाध्यक्ष टम हलका अनुसार यो सूची, सन् २०२१ को यात्रालाई प्रेरित गर्ने उद्देश्यसाथ तयार पारिएको हो । नेपालको ‘अन्नपूर्ण सर्किट’ दश नम्बरमा रहेको छ । विशेषगरी ट्रेकिङ, हाइकिङ लगायत पैदल यात्रा गर्न मन पराउनेले नेपालको ‘अन्नपूर्ण सर्किट’ छाड्न नहुने बताइएको छ ।

अन्नपूर्ण सर्किटको यात्रा गर्ने क्रममा धानका खेतबारी, याक चर्ने मैदान र थ्रोंग ला नामको हिउँले ढाकेको पहाड देख्न पाइन्छ । हिँड्दै जाँदा केही उचाइमा तिलिचो ताल देख्न पाइन्छ जसले भ्रमणलाई अझ उत्साहपूर्ण बनाइदिन्छ । लोन्ली प्लानेटका अनुसार उत्कृष्ट ट्रेकमा हुनुपर्ने सबै कुरा अन्नपूर्ण सर्किटमा छ ।

सुचीको पहिलो स्थानमा जोर्डनको पेत्रा, दोस्रोमा युक्याडरको ‘गालापेगोस टापु’, तेस्रोमा अष्ट्रेलियाको ‘उलुरु काता तजुता नेस्नल पार्क’, चौथोमा बेट्सवानाको ‘ओकाभान्गो डेल्टा’, र पाँचौ स्थानमा अमेरिकाको ‘यल्लोस्टोन नेस्नल पार्क’ परेको छ । साथै, छैठौँ, सातौँ, आठौँ र नौऔँ स्थानमा क्रमशः स्लोभेनियाको ‘लेक ब्लेड’, अर्जेन्टिना र ब्राजिल बीचको ‘इगुवाजु’ फल्स, कम्बोडियाको ‘टेम्पल अफ अंकोर’ र बोलिभियाको ‘सलरदे युनी’ रहेको छ ।