Rumpum Advertisement
Dazzu

सहुलियत दरमा चिनी र नुन बिक्री

सहुलियत दरमा चिनी र नुन बिक्री

सिरहा, ३ कात्तिक । विजयादशमी, दीपावली र छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, लहानले सहुलियत दरमा चिनी र नुनको बिक्री वितरण सुरु गरेको छ ।

साल्ट्र ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ७० र नुन प्रतिकिलो १८ मा विक्री वितरण गरिरहेको कार्यालय प्रमुख जितेन्द्र साहले जानकारी दिए । गत असोज १५ गतेदेखि सञ्चालन भएको सहुलियत दरको पसल मङ्सिर ६ गतेसम्म नियमितरुपमा खुल्नेछ ।