Rumpum Advertisement

दसैंको तेश्रो दिन आज, माता भगवती चन्द्रघण्टाको पूजा गरेर मनाइँदै

Neuro Revised Adv
Koshi Dashain ad
दसैंको तेश्रो दिन आज, माता भगवती चन्द्रघण्टाको पूजा गरेर मनाइँदै

विराटनगर, ३ कात्तिक । हिन्दू धर्मावलम्बीहरुको महान पर्व बडादसैंको आज (सोमबार) तेस्रो दिन मुलुकभरका देवी मन्दिरमा माता चन्द्रघण्टाको पूजा आराधना गरेर मनाइँदैछ ।

विगतका वर्षमा मठ मन्दिर, शक्तिपीठमा पूजा गर्ने घुइँचो लाग्ने गरे पनि यस वर्ष कोरोना महामारीका कारण त्यो सम्भव भएन । भक्तजनको भीड नहुँदा मन्दिरहरु सुनसान छन् । मन्दिरहरुमा आन्तरिक रुपमा माता चन्द्रघण्टाको पूजा भइरहेको छ । कोरोनाका कारण मन्दिर र शक्तिपीठ जान नपाएकाहरुले घरघरमै पूजा गरिरहेका छन् ।

राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, मोरङको विराटनगरस्थित काली मन्दिर, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

चन्द्रघण्टाको पूजागर्दा सुख प्राप्ति तथा वत्ति विकास हुने मान्यता अनुसार दसैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा गर्ने गरिएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा शीतलता र कलाको प्रतीक हुन् ।

चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ