Rumpum Advertisement

राप्रापाको मोरङ समिति समायोजना

Neuro Revised Adv
Koshi Dashain ad
राप्रापाको मोरङ समिति समायोजना

विराटनगर, ३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एकीकृत भएपछि बनेको राप्रपा मोरङको जिल्ला कार्य समिति समायोजन भएको छ ।

राप्रपा मोरङको जिल्ला पार्टी समायोजन बैठकले डाक्टर दुर्गाबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सहअध्यक्षद्वय माधवप्रसाद आचार्य र दुर्गा कार्की, उपाध्यक्ष कर्णबहादुर थापा तथा सचिवमा चन्देश्वर शर्मा चयन भएका छन् ।

विराटनगरमा भएको समायोजनको बैठकले जिल्ला, क्षेत्र, नगर तथा गाउँ समिति सबै तहका कार्य समितिका पदाधिकारी सदस्यहरू यथावत कायम रहने सर्वसम्मत निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य प्रह्लादप्रसाद साहको प्रमुख आतिथ्यमा भएको समायोजना कार्यक्रममा केन्द्रीय सदस्य, राजेन्द्रकुमार बस्नेत, विश्वमोहन थापा, नरेशकुमार राई, उद्धवचन्द्र घिमिरे, आरती गेलाल र प्रतीक शर्माले शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ