Rumpum Advertisement

‘भारतमा संक्रमणले उच्चबिन्दु नाघ्यो’

Neuro Revised Adv
Koshi Dashain ad
‘भारतमा संक्रमणले उच्चबिन्दु नाघ्यो’

विराटनगर, ३ कात्तिक । कोभिड १९ को रोकथाम एवं नियन्त्रणलाई लिएर अन्योल र त्रास कायमै रहेका बेला सरकारद्वारा गठित एउटा विशेष समितिले भने भारतमा संक्रमण उच्च बिन्दुमा पुगेर क्रमश ओरालो लागिरहेको दाबी गरेको छ ।

भारतको प्रतिष्ठित शैक्षिक संस्थान इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), हैदरावादका प्राध्यापक एम विद्यासागरको नेतृत्वको कोभिड १९ सुपरमोडल समितिले महामारीको प्रक्षेपणलाई गणितीय हिसाबले विश्लेषण गरेर त्यस्तो निष्कर्ष निकालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

समितिले संक्रमणसम्बन्धी तथ्यांकको अध्ययनबाट केही नयाँ तथ्यहरू बाहिर ल्याएको जनाएको छ । सेप्टेम्बरको मध्यमा संक्रमण सबैभन्दा उच्च बिन्दु पुगेको र भारतमा संक्रमितको संख्या एक करोड ननाघ्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ