Rumpum Advertisement

बेल मैदान उत्रिएको खेलमा टोटनह्यामले अंक बाँड्यो

Neuro Revised Adv
Koshi Dashain ad
बेल मैदान उत्रिएको खेलमा टोटनह्यामले अंक बाँड्यो

विराटनगर, ३ कात्तिक । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्पर बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम वेस्ट ह्यामसँग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको पहिलो मिनेटमा सन हिउङ–मिनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

आठौं मिनेटमा र १६औं कप्तान ह्यारी केनले गोल गरेपछि टोटनह्यामले पहिलो हाफभरि ३–० गोलको अग्रता बनायो ।

खेलको ८२औं मिनेटमा वेस्ट ह्यामका फाबियन बाल्बुइनाले गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ८५औं मिनेटमा टोटनह्यामका डेभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलको अवस्था ३–२ मा आयो ।

खेलको इन्ज्युरी समयमा मानुअल लान्जिनीले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

यस खेलबाट टोटनह्यामका ग्यारेथ बेल मैदान उत्रिएका थिए । यसै समर टान्सफरमा रियल मड्रिडबाट टोटनह्याम फर्किएका उनी वेस्ट ह्यामविरुद्ध खेलको ७२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

बराबरीसँगै टोटनह्यामले पाँच खेलबाट ८ अंक जोडेको छ । ऊ अंक तालिकाको छैटौं स्थानमा छ । यता, समान खेलबाट ७ अंक जोडेको वेस्ट ह्याम आठौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ