Rumpum Advertisement

विराटनगरमा आँगनको मिठाइमा अखाद्य बेसन प्रयोग

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा आँगनको मिठाइमा अखाद्य बेसन प्रयोग

विराटनगर, ३ कात्तिक । विराटनगर–७ मा सञ्चालित आँगन स्वीट्समा मिठाइ बनाउने ‘बेसन’ न्यून गुणस्तरको र अखाद्य प्रमाणित भएपछि नष्ट गरिएको छ ।

आँगन स्वीट्सले उपभोग्य मिति नभएको, फोहर तथा डल्ला परेको बेसन प्रयोग गरेको अनुगमनको क्रममा भेटिएपछि गत असोज १९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले नमूना संकलन गरि परीक्षण गरेको थियो ।

परीक्षण रिपोर्टमा आँगनले प्रयोग गरेको बेसन न्यून गुणस्तरको भेटिएपछि आइतबार शील गरिएको तीन बोरा बेसन नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिए । नष्ट गरिएको बेसनमध्ये ३० कजेजी तौलको उपभोग्य मिति नै थिएन ।

यसअघि आँगन स्वीट्समा अनुगमनको क्रममा २ केजी मिठाइमा झिँगा परेको भेटिएपछि नष्ट गरिएको थियो । न्यून गुणस्तरको बेसन भेटिएको आँगन स्वीट्सलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य ऐन अन्तर्गत पनि कारवाहीको प्रक्रिया अगाडि बढाउने भएको छ ।

यसैबीच विराटनगर महानगरपालिकाभित्रको किरानाको खुद्रा पसलमा म्याद सकिएको खाद्यवस्तु फेला परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आइतबार गरिएको अनुगमनको क्रममा खुद्रा पसलहरूमा म्याद सकिएको खाद्यवस्तु भेटिएको हो ।

विराटनगर ११ नयाँगुद्रीमा प्रभु भगतले सञ्चालन गरेको विष्णु किराना स्टोर खुद्रा पसलमा पापड म्याद सकिएको भेटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । आजको हाम्रोमत दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ