Rumpum Advertisement

लकडाउनमा दलित समुदायका १३ जनाको हत्या

Neuro Ad
लकडाउनमा दलित समुदायका १३ जनाको हत्या

विराटनगर, ३ कात्तिक । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना भएको उल्लेख छ । प्रतिवेदनअनुसार बन्दाबन्दी (लकडाउन)को समयमा १३ वटा हत्याको घटना भएको उल्लेख छ ।

त्यस्तै, दलित युवतीमाथि चारवटा बलात्कारका घटना भएका छन् । आयोगको प्रतिवेदनअनुसार रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विश्वकर्माबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भलाई लिएर १० जेठ २०७७ मा स्थानीय गाउँलेको सामूहिक कुटपिटमा परेर नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सञ्जु विक र गोविन्द शाहीको सामूहिक हत्या भएको थियो । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ