Rumpum Advertisement

गाउँ फर्कनेबाट कोरोनाको जोखिम

Neuro Revised Adv
Koshi Dashain ad
गाउँ फर्कनेबाट कोरोनाको जोखिम

विराटनगर, ३ कात्तिक । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ ।

सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो थातथलो जान थालेपछि कोरोना सङ्क्रमण गाउँसम्म पुग्ने खतरा बढेको हो । नुवाकोटको शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले पहिलाको तुलनामा यस वर्ष उपत्यकाबाट गाउँ फर्कने सङ्ख्या केही कम भए ठप्प भने नभएकाले उपत्यकाबाट गाउँ फर्कनेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए।

दशैँ मनाउनका लागि उपत्यकाबाट आ–आफ्ना घर पुगेका स्थानीयलाई आइसोलेसनमा राखी व्यवस्थापन गर्ने कुरा स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ । कतिपय स्थानीय तहले उपत्यकाबाट दशैँ मनाउन गाउँघर जाने व्यक्तिले अनिवार्य दुई हप्ता घरमै एकान्तबासमा बस्नुपर्ने भनिए पनि दशैँको समयमा त्यो पूर्ण रूपमा सम्भव देखिएको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ