Rumpum Advertisement

१४ घण्टापछि जरिवाना

Neuro Revised Adv
Koshi Dashain ad
१४ घण्टापछि जरिवाना

विराटनगर, ३ कात्तिक । ट्राफिक प्रहरीले दुई भारतीय ट्रकलाई शनिबारदेखि झण्डै १४ घण्टा सडकमा रोक्यो ।

’ह्विल लकर’ गरेर रातिदेखि रोडशेष चोकमा राखिएकाका दुवैलाई प्रहरीले आइतबार मध्यान्ह मात्र छोड्यो । सडकको भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गरेको भन्दै ट्राफिक प्रहरीले ट्रक रोकेको थियो ।

रोकिएका दुबै ट्रकलाई १५ सय रुपैयाँको दरले जरिवाना तिराएर छाडियो । कोशी राजमार्गमा भार वहन क्षमता ३० मेट्रिक टनसम्म मात्र भएको भन्दै ट्राफिकले सोभन्दा बढी लोड बोक्ने ट्रकलाई कारवाही गर्दै आएको छ ।

ट्रक सुनसरी मोरङ औद्योगिक करिडोरको नयाँ उद्योग का कच्चा पदार्थ ढुवानी गर्दैथिए । महालक्ष्मी स्टिल इण्डष्ट्रिजमा सामान पुर्याउन भन्सारबाट छुटेको ट्रकले बढी भारवहन गरेको भए तत्काल जरिवाना गर्नुपर्नेमा १४ घण्टासम्म सडकमा किन राखियो भन्ने जवाफ ट्राफिकले दिएको छैन ।

तोकिएभन्दा बढी लोड बोक्ने सवारी साधनलाई नियन्त्रणमा लिने काम ट्राफिक प्रहरीको भए पनि त्यसलाई कारवाही गर्ने जिम्मेवारी भने यातायात व्यवस्था कार्यालयको हो । ट्राफिकले अधिक भार बोकेको भेट्टाएमा यातायात कार्यालयमा कारवाहीका लागि पठाउनुपर्छ । तर, ट्राफिक प्रहरी ती गाडीहरु यातायात कार्यालयमा कारवाहीको लागि नपठाई आफैले जरिवाना लिएर छोड्ने गरेको छ । आजको हाम्रोमत दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ