Rumpum Advertisement

सुपर ओभरमा मुम्बईलाई पञ्जाबले हरायो

Neuro Revised Adv
Koshi Dashain ad
सुपर ओभरमा मुम्बईलाई पञ्जाबले हरायो

विराटनगर, ३ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक विजेता मुम्बई इन्डियन्स पराजित भएको छ । आइतबार राति भएको खेलमा मुम्बई किंग्स एलेभेन पञ्जाबसँग सुपर ओभरमा पराजित भएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरको सुरुआतमा ब्याटिङ गरेको पञ्जाबले २ विकेटको क्षतिमा ५ रन बनायो । ६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मुम्बईले पनि १ विकेटको क्षतिमा ५ रन जोडेपछि खेल फेरि बराबरीमै सकियो ।

त्यसपछि दोस्रो सुपर ओभरमा गएको खेलमा मुम्बईले १ विकेटको क्षतिमा ११ रन बनायो । जवाफमा पञ्जाबले विना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

खेल सुपर ओभरमा जानुअघि पञ्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यसैगरी निकोलस पुरन र क्रिस गेलले समान २४–२४ रन बनाउँदा दीपक होडाले अजिवित २३ रन बनाए । क्रिस जोर्डनले १३ रन बनाए भने मायांक अग्रवालले ११ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभर खेल्दा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

मुम्बईका लागि क्वीन्टन डी ककले अर्धशतकीय इनिङ्स खेले । ४३ बल खेलेका डी ककले ३ चौका र ३ छक्काको सहायतामा ५३ रन बनाए । यस्तै क्रुनाल पाण्ड्याले ३४ रन बनाउँदा किरोन पोलार्ड पनि ३४ रनमै अजिवित रहे ।

नाथन कल्टर नाइलले २४ रन जोड्दा कप्ता रोहित शर्माले ९ रन जोडे ।

पञ्जबकका मोहम्मद शामी, अर्षदीप सिंहले समान २–२ विकेट लिँदा क्रिस जोर्डान र रवी बिस्नोयीले १–१ विकेट झारे ।

जितसँगै पञ्जाब ९ खेलबाट ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । मुम्बई भने ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ