Rumpum Advertisement

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

Neuro Revised Adv
Koshi Dashain ad
विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नाघ्यो

विराटनगर, ३ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड नाघेको वाल्डो मिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख २० हजार पाँच सय ६५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोडबाट उकालो लागेको हो । हालसम्म संक्रमितको संख्या चार करोड दुई लाख ५९ हजार आठ सय ५७ पुगेको छ ।

संक्रमितमध्ये ११ लाख १८ हजार ९५ जनाको ज्यान गएको छ । एकै दिन तीन हजार आठ सय ९९ जनाको मृत्यु भयो । संक्रमितमध्ये तीन करोड ९५ हजार चार सय १३ जनाको उपचार सम्भव भएको छ । ९० लाख ४६ हजार तीन सय ४९ जना उपचाररत रहेकोमा ७२ हजार ७२ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या ८३ लाख ८७ हजार ४६ पुगेको छ । एकै दिन ४४ हजार एक सय ८८ नयाँ बिरामी थपिए । संक्रमितमध्ये दुई लाख २४ हजार सात सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा चार सय ४६ जनाले ज्यान गुमाए । ५४ लाख ५३ हजार तीन सय ५३ जना उपचारपछि घर फर्किएका छन् । २७ लाख आठ हजार नौ सय ६५ जना उपचाररत रहेकोमा १५ हजार चार सय १५ जनाको अवस्था गम्भीर छ ।

भारतमा संक्रमित संख्या ७५ लाख ४७ हजार सात सय ६२ पुगेको छ । एकै दिन ५५ हजार ३५ नयाँ बिरामी थपिए । संक्रमितमध्ये एक लाख १४ हजार छ सय २९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय ६५ जनाको मृत्यु भयो । संक्रमितमध्ये ६६ लाख ५८ हजार नौ सय ३७ जना डिस्चार्ज भएर कोरोनामुक्त भएका छन् । सात लाख ७४ हजार एक सय ९६ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ५२ लाख ३५ हजार तीन सय ४४ पुगेको छ । एक लाख ५३ हजार नौ सय पाँच जनाले ज्यान गुमाइसकेका छन् ।

४६ लाख ५० हजार ३० जना उपचारपछि घर फर्किएका छन् । चार लाख ३१ हजार चार सय नौ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ